पोखरा । युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा पुगी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भुकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो ।
सोे अवसरमा बिसौनीचौरका १ सय ५० जना बिद्यार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावक सहित असहायहरु गरी १०० जनालाई सिरक वितरण गरिएको हो । सो अवसरमा बोल्दै चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष विरेन्द्र रोकायाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो वडामा रहेका भूकम्प प्रभावितलाई लक्षित गरी जाडो याममा न्यानो कपडा वितरण गरेर आफ्नो वडाका जनतालाई राहत प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।
त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम रोकायाले गण्डकी प्रदेशबाट भूकम्प प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक मार्फत युनाइटेड क्लब संग सहकार्य गरी आफ्नो ठाउँमा सहयोग ल्याउन सफल भएको बताउँदै युनाइटेड क्लबको सहयोगले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलाई ठूलो टेवा पुगेको बताए ।
सो अवसरमा बोल्दै युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापनका कालदेखि नै सामाजिक काममा अगाडि बढिरहेको र अहिले आएर रुकुम पश्चिममा भूकम्प प्रभावितलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।
त्यस्तै युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममा अगाडि बढिरहदा बिपद ब्यवस्थापन कोष मार्फत नेपाल भरि कुनैपनि ठाउँमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा हालै कार्तिकको १७ गते भुकम्पले तहस नहस गरेको रुकुम पश्चिममा आएर विद्यार्थी संगै अभिभावकहरुलाई समेत सहयोग गर्न पाउदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।
युनाइटेड क्लबका सदस्य जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यालय निरीक्षक अतिराम वली, विद्यालयका प्रध्याना ध्यापक वल बहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पान बहादुर क्षेत्री लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर