पोखरा । गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १७ बिरौटाको आर्थिक वर्ष २०७९/०८० सम्मको सेयर पुँजी ३ करोड ८२ लाख ७६ हजार पुगेको छ ।
सहकारीको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनमा अध्यक्ष ध्रुवराज पनेरुले सहकारीको अहिलेसम्मको कुल निक्षेप २ करोड २९ लाख ९१ हजार २ सय ६८ पुगेको जानकारी दिए । आर्थिक वर्ष २०७९/०८०मा सहकारीले ५ करोड ७४ लाख, ८४ हजार ३सय ६१ कर्जा प्रवाह गरेको छ ।
गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले साधारण सभाको उद्घाटन गर्दै केही असहज अवस्थाको फाइदा उठाएर सबै सहकारी खराब भएको भन्न नमिल्ने तर्क गरे । ‘सहकारीको सञ्चालन व्यवस्थापनमा जहाँ बेठिक तथा कमजोरी छ, त्यहाँ सच्याउनुपर्छ,’ उनले भने, ‘सहकारीका सञ्जालकहरुले सेयर सदस्य मन जितेर सामूहिक तथा संस्थागत रुपमा काम गरे समस्या पर्दैन ।’ उनले राज्यका निकायको भन्दा सेयर सदस्यको नियमन प्रभावकारी हुने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर १७का अध्यक्ष राधिका शाही योगीले सबै सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सामूहिक कोषमा राखेर प्रभावकारी काम गर्न सुझाव दिइन् ।
अधिवशनबाट सहकारीको सञ्चालक समितिको अध्यक्षमा दीपेन्द्र ढकाल, उपाध्यक्ष दिपेन्द्र शर्मा, सचिव डिल्लीराम पनेरु, उपसचिव रामप्रसाद पौडेल, कोषाध्यक्ष पुरुषोत्तम पौडेल चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा अग्नि पनेरु, दिपेश सापकोटा, मातृका सुवेदी, हरिशंकर भण्डारी, देवकी केसी सोनम केसी चयन भएको अध्यक्ष ढकालले जानकारी दिए । अधिवेशनले शिवप्रसाद पौडेललाई लेखा समिति संयोजकमा चयन गरेको छ ।
सभामा अध्यक्ष पनेरुले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष इन्द्रप्रसाद भुवाईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका सदस्य दिपेश सापकोटाले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष नवराज बराल, सहकारीका उपाध्यक्ष दीपेन्द्रराज ढकाल, सचिव दीपेन्द्र शर्मा, शिक्षा समितिका संयोजक प्रकाश अधिकारी, लगायतले सहकारीका बारेमा बोलेका थिए । कार्यक्रममा बचत तर्फ उत्कृष्ट बिना थापा र कर्जातर्फ सूर्यबहादुर क्षेत्रलाई सम्मान गरिएको सचिव शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने