छोराको कुटपिटबाट बाबुको मृत्यु

छोराको कुटपिटबाट बाबुको मृत्यु

kutpit-620×330

सांकेतिक तस्विर

रसुवा । रसुवामा आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

बिहीबार गोसाइँकुण्ड गाउँपालिका–५ का छेवाङ तामाङमलाई उनकै छोरा ४०/४५ वर्षका गोपाल तामाङले चिर्पटले हिर्काउँदा मृत्यु भएको हो।

प्रहरीका अनुसार मदिरा सेवन गरी झगडा गरेका गोपालले बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङलाई बिहीबार उपचारका लागि जिल्ला अस्पताल धुन्चे लगिएकोमा उपचारकै क्रममा गएराति ११ः४० मिनेटमा मृत्यु भएको हो।

घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ