इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० जनाको मृत्यु

pp

पोखरा । इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण भएको छ ।

इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ सांसदका आफन्त सवार एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गाडी र उद्धार टोलीमाथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

सो क्रममा उनीहरूमाथि अज्ञात आक्रमणकारीले बम प्रहार गर्नुका साथै स्नाइपर फायरिङ समेत गरेको जनाएको छ । आक्रमणपछि सुरक्षा बलले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds