पोखरा । पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बिहिबार औपचारिक उद्घाटन गरिएको छ ।संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिन अघि बाट सुरु भएको उक्त खेल महोत्सवको पोखरा रंगशालामा एक भव्य कार्यक्रमका विच बिहिबार उद्घाटन गरिएको हो ।
गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पाँचौ खेल महोत्सवको शान्तीको प्रतिक परेवा उडाएर गरेका थिए । सो अवसरमा बोल्दै सांसद बरालले शिक्षाको गुणस्तर वृद्धि संगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले भने–“हामीले शिक्षाको विकासको सवालमा आवाज उठाइरहेका छौं । तर अर्को तर्फ हजारौंको संख्यामा विद्यार्थीहरुको पलायन भइरहेको छ । हामी शिक्षाको क्षेत्रमा कार्यगर्नेहरु सचेत हुँदै यसबारे गम्भिर भएर सोच्न आवश्यक छ ।”
उनले विद्यालयस्तरका प्रतियोगिताले खेलाडी उत्पादन संगै खेलकुदको विकासमा समेत उत्तिकै प्रभावकारी हुने भएकोले यस प्रकारका प्रतियोगिता आयोजना गर्न सबैको सहयोग समेत आवश्यक्ता रहेको कुरा औंल्याए ।

युनिप्स कास्कीका अध्यक्ष शान्त बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, युनिप्स कास्कीका संस्थापक अध्यक्ष ध्रुव गिरी, युनिप्सका द्वितिय उपाध्यक्ष एवं खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले आ–आफ्ना भनाई राख्दै निजी क्षेत्रले शिक्षामा गरेको योगदानलाई सबैले सकारात्मक रुपमा बुझ्नु पर्ने कुरामा जोड दिएका थिए ।
उद्घाटन कार्यक्रममा युनिप्स कास्कीका आवद्ध विभिन्न विद्यालयका छात्र–छात्राहरुले मार्चपास गरेका थिए । उक्त मार्चपासमा स्माइल स्मल हेभेन प्रथम भएको छ भने वेलनन एकेडेमी दोश्रो, जन कल्याणकारी वोर्डिङ स्कुल तेश्रो र कालिका इङलिश वोर्डिङ स्कुलले चौथो स्थान हासिल गरेको छ ।
विजेता विद्यालयहरुलाई सांसद बरालले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । त्यस्तै, बिहिबारबाट सुरु भएको एथलेटिक्सतर्फको ट्रयाक एण्ड फिल्ड छात्र ४०० मिटर दौडमा कालिकाका आकाश त्रिपाठी, गेफका दिपेश सिंह ठकुरी, होली एन्जलका रोशन वर्देवा र शिलसिलाका सुजन दाहाल क्रमश, पहिलो, दोश्रो, तेश्रो र चौथो भए । त्यस्तै छात्रातर्फ ४०० मिटर दौडमा एकता आवाशियकी बबिता पौडेल प्रथम, कालिकाकी प्रतिक्षा त्रिपाठी द्वितिय, वेलननकी मिनाक्षी कुंवर तृतिय र शलिसिलाकी स्मृती ढकाल चौथो भएकी छन् ।
पाँचौ युनिप्स खेलकुद महोत्सव अन्तर्गत आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी अन्तर्गत आज सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । कवड्डीमा कुल २४ टिमको सहभागिता रहेकोमा छात्रतर्फ पञ्चासे वोर्डिङ स्कुलले पिनाकल एकेडेमीलाई ४६–३५ अंकले पराजित गर्दै प्रथम भएको छ भने एकता आवाशिय तेश्रो र स्माइल स्मल हेभेन चौथो भएको छ । त्यस्तै छात्रातर्फ वेलननलाई पिनाकललाई ४६–३५ को अंकमा पराजित गरि प्रथम हुँदा राइजिङ सन तेश्रो र स्माइल स्मल हेभेनले चौथो स्थानमा चित्त बुझाएको छ ।
फुटबल मावितहतर्फ वेलनन र एकता आवाशिय मावि फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल समापनका अवसरमा १६ गते हुने युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते