पोखरा । प्रथम केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त विभागीय टोली त्रिभुवन आर्मी र मधेश प्रदेशबीच हुने भएको छ ।
विहीबार सेमिफाइनलका खेलहरु सकिएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल पुग्दासशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि योग्य बनेको हो । फाइनल खेल भोलि शुक्रबार हुनेछ ।
गत मङ्सिर ७ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका थिए । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अनुसार विजेता टीमले नगद पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । यसैगरी, उपविजेता टोलीले २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ पनि घोषणा गरिनेछ । जसले नगद ३० हजार पुरस्कार पाउनेछ । यस्तै, ‘बेस्ट बलर’ र ‘बेस्ट ब्याट्सम्यान’ ले २०/२० हजार र ‘म्यान अफ द म्याच’ ले नगद पाँच हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोली सहभागी भएका हुन् ।
एकेडेमीका संरक्षकसमेत रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गरिएको हो ।
आजको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब उपाधि नजिक पुगेको हो ।
बागमती प्रदेश विरुद्ध १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेटको क्षतिमा चुनौती समाप्त गरेको हो ।
दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते