रूस–युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह

रूस–युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह

gangaraj

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ । गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् ।

गंगाराजको घरमा उनकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु र भाउजू छन् । इलाम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउनका लागि पहल थालिएको बताएका छन् ।

परिवारका अनुसार इलाम नगरपालिका–९ का गंगाराज दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए ।

मोक्तानसहित उनको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मोक्तानसहित मृत्यु हुनेमा दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्की छन् ।

मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत् उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको दूतावासले जनाएको छ ।

गंगाराज रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए । त्यहीँबाट उनी रुसी सेनामा भर्ना भएर गएको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ