बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’

बालेनले भने – ‘मिसन ८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ’

balen shah

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन ८४ ले देश नबन्ने बताएका छन् । बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पोखेका हुन् ।

राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।

‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ र्‍यापर​समेत रहेका उनले कवितात्मक शैलीमा फेसबुकमा लेखेका छन् ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत मिसन ८४ अभियान भनेकाले कतिपयले यतातर्फ जोडेर पनि विश्लेषण गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ