अर्जुनचौपारीमा राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने

अर्जुनचौपारीमा राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने

Arjun Chaupari

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने भएको छ ।

अर्जुनचौपारी गाउँपालिकाको प्रथम राष्ट्रपति कप यहि मङ्सिर १९ गतेदेखि २२ गतेसम्म पालिकाको खेलमैदानमा संचालन हुने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच छात्ररछात्रा चम्चा दौड, म्युजिकल चियर, एकल गायन तथा नृत्य, डोरी तान्ने, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प लगायतका प्रतियोगिता हुने र छात्रहरुको लागि मात्र छेलो हान्ने , क्रीकेट र भलिबल खेलमा प्रतिस्पर्धा हुने तिवारीले बताए ।

पालिकाभित्रका ६ माविसहित २८ विद्यालयका विद्यार्थीहरुको आयोजित राष्ट्रपति कप तथा शैक्षिक महोत्सवमा सहभागी रहने अध्यक्ष तिवारीले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ