नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले थालेको संकल्प यात्रामा दुई दिन सम्म बागलुङमा विविध कार्यक्रम हुने भएका छन् ।
बैतडीको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मध्य पहाडि पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा गर्ने पार्टीले निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मंसिरको २० र २१ गते ओली सहितका नेताहरु बागलुङमा पुग्नेछन् ।
रुकुम सिमानाको पातीहाल्नेमा २० गते बिहान साँढे ८ बजे प्रवेश गरेपछि २१ गते दिउँसो १ बजेसम्म नेताहरुले बागलुङका ६ वटा स्थानीय तहमा विभिन्न कार्यक्रममा सहभागी हुने भएका हुन् ।
एमाले बागलुङले मंगलबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार नेता ओली सहित केन्द्रीय नेता रहेको १ सय ५० जनाको टोलीले झण्डै २१ दिनको यात्रा गर्नेछ ।
यो यात्रामा मोटरसाइकल स्कटिङ, प्रेस चौतारी मार्फत मिडिय परिचालन र भेटघाट कार्यक्रम समेत राखिएको छ । २० गते बिहान पातीहाल्नेमा केन्द्रीय सदस्य साबित्रा रानाको टोलीले स्वागत गरेपछि टोलीले निसीखोलाको झिवाखोलामा जनभेटघाट गर्नेछ । बुर्तिवाङ बजारमा सोही दिन बिहान १० बजे केन्द्रीय सदस्य सूर्य पाठकले स्वागत गर्नेछन् । बुर्तिवाङमा खाना खाएर टोलीले ढोरापाटन र तमानखोलाका कार्यकर्तासँग भेटघाट गर्ने बताइएको छ ।
२० गते नै बडिगाड गाउँपालिकाको दुइ स्थानमा भेटघाट पछि गुल्मीको वामीटक्सारमा आयोजना गरिएको आमसभामा ओलीले सम्बोधन गर्ने योजना छ । त्यसपछि नेताहरुको टोली पुन बागलुङको गलकोट आउने छ । गलकोटमा बेलुकीको बसाइ समेत हुने भएकोले भेटघाट र अन्तरक्रिया लगायतका कार्यक्रम गलकोटमा सम्पन्न हुनेछन् । गलकोटकालागि पोलिटव्युरो सदस्य मनकुमारी केसीले टोलीको स्वागत गर्नेछिन् ।
मंसिर २१ गते ओली सहितको संकल्पयात्रा बागलुङको घोडाबाँधे हुँदै बागलुङ आउने भएको छ । उक्त दिन बिहान १० बजे बागलुङ बजारमा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले स्वागत गर्नेछन् । टोलीले कालिका मन्दिरको दर्शन र अबलोकन गर्नेछन् । खानापछि मालढुंगामा बिदाइ गरेपछि ओलीले फेरी पर्वतको कुश्मामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने योजना छ ।
उक्त संकल्पयात्राको क्रममा बागलुङको समृद्धिकालागि केही एजेण्डाहरु पार्टी नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको तर्फबाट पेश हुने बताइएको छ । बिशेषगरी बागलुङको समृद्धिको यात्रालाई प्रभाव पार्ने कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना र सालझण्डी ढोरपाटन सडक जस्ता बिषय एजेण्डाको रुपमा प्रस्तुतीकरण गरिने एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।
त्यस बाहेक काठेखोलाको अक्षेतेदेखि गलकोटसम्म लोकमार्गमा सुरुङ मार्ग बनाउने, बागलुङ बजारको बिकासकालागि करिडोरलाई कालीका मन्दिर, शालिग्राम संग्राहलय र म्याग्दीको रत्नेचौर हुँदै लैजाने बिषयहरु समावेश हुनेछन् ।
अभियानलाइ सफल बनाउन उद्योगी, व्वयसायी, पत्रकार, प्रशासन र सुरक्षा निकायमा छलफल गर्ने योजना एमालेको छ । यो अभियान सफल पार्न एमालेले मंसिर १२ गते गलकोट, १३ गते बुर्तिवाङ, १४ गते बागलुङ बजारमा सामुहिक भेला समेत राखेको छ ।
मध्यपहाडी लोकमार्ग मार्फत नेपालको पहाडी क्षेत्रको बिकास गर्ने लक्षलाई प्रभावकारी बनाउन एमालेले यो अभियान जोडेको थियो । पत्रकार सम्मेलन एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र प्रचार विभाग प्रमुख गणेश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रम बारे कार्यालय सचिव अमरबहादुर थापाले प्रस्तुतीकरण गरेका थिए भने पत्रकारको जिज्ञाशामा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले पनि जवाफ दिए ।
सम्बन्धित खबर
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे
बागलुङका १०६ खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटियो
बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, शर्मा र शाक्यबीच नेतृत्त्वमा होडबाजी
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन