देवरलाई मिर्गौला दान गर्ने भाउजू जानुकाको सर्वत्र चर्चा

सहृदयी मन

देवरलाई मिर्गौला दान गर्ने भाउजू जानुकाको सर्वत्र चर्चा

एमाले कास्की सदस्य सुवेदीको मिर्गौला प्रत्यारोपण सफल

januka mohan

पोखरा । आफ्ना देवरलाई मिर्गौला दान गर्ने भाउजूको फराकिलो सहृदयी मनको सर्वत्र चर्चा भएको छ । अंगदान जो कसैले गर्न सक्ने चीज होइन, मरेपछि आँखा दान त गर्न नसक्नेहरुको भीडमा यस्तो फराकिलो हृदय गुणगान हुनु स्वभाविक हो ।

मिर्गौला फेल भई अस्वस्थ रहेका नेकपा (एमाले) जिल्ला कमटी कास्कीका सदस्य मोहन सुवेदीलाई आफ्नी भाउजू रूपा–७, हंसपुर निवासी सुष्मा सुवेदी (जानुका) ले मिर्गौला दान गरेकी हुन् ।

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरमा किड्नी ट्रान्सप्लान्ट गर्ने कार्य सम्पन्न भएको खबर प्राप्त भएको एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले बताए ।

उनले भने– ‘उहाँलाई किड्नी दान गर्नुहुने भाउजू महामानव जानुका सुवेदीप्रति उच्च सम्मान गर्दै उहाँहरु दुवैमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

साउनबाटै मिर्गौला प्रत्याराेपण प्रक्रिया सुरू भएको  थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds