राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र, प्रति टिकटको १० रुपैयाँ भूकम्पपीडितलाई

मेला महोत्सव

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र, प्रति टिकटको १० रुपैयाँ भूकम्पपीडितलाई

मेलालाई सघाउने वस्तुगत संघहरुको प्रतिवद्धता

mela mahotsav (2)

पोखरा । मंसिरको तेश्रो साता हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र बनाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित मेला मंसिर २१ मंसिरदेखि १ पुससम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । मेलाको मुख्य प्रायोजन लक्ष्मी हाउसको समृद्धि स्टिल्सले गरेको संघले जनाएको छ ।

‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने मेलामा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेका छन् ।

संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, वास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शन गरिनेछ ।

यस्तै, नयाँ औद्योगिक उत्पादन, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि मेलामा समावेश हुनेले बताए । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य भएको अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मेलामा बिक्री हुने प्रत्येक टिकटको १० रुपैयाँ भूकम्पपीडितका लागि सहयोग गरिने उनले बताए । मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादन जोडिएको र जोडिनेक्रम जारी रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

मेलाको स्टल निर्माण सुरु भइसकेको छ । यो पटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।

मेलाको तयारीका लागि वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक पनि सम्पन्न भइसकेको संघका महासचिव बलराम आचार्यले बताए ।

यता, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्नेमा जोड दिँदै महिलाहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन आग्रह गरिन् ।

सो अवसरमा पोखरा प्लाष्टिक व्यवसायी समिति अध्यक्ष ऋषिराम शर्मा, सचिव परशुराम तिवारी, पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले मेला सफल बनाउनेबारे आआफ्ना सुझाव राखेका थिए ।

सम्बन्धित समाचारः

पोखराको औद्योगिक व्यापार मेला मंसिर अन्तिम साता

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds