झण्डै पाँच वर्षदेखि फरार रेशम फेदीखोलाबाट पक्राउ

अपराध

झण्डै पाँच वर्षदेखि फरार रेशम फेदीखोलाबाट पक्राउ

Resham-780×470

राम बहादुर रोकाहा, स्याङ्जा । झण्डै पाँच वर्षदेखि लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई स्याङ्जा प्रहरीले फेदीखोलाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका वडा नं. २ उपल्लो कुँडुले बस्ने बर्ष ४४ का रेशम थापा मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जिल्ला अदालत स्याङ्जाले गत २०७६ साल असार १ गते लागुऔषध (ब्राउन सुगर, हिरोईन) मुद्दामा संलग्न ५ वर्ष कैद र १०,००० जरिवाना तोकी सजाय फैसला गरेपछि रेशम फरार थिए ।

फरार रहेका मगरलाई लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा फेदिखोलाबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले मंगलबार पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका थापा मगरलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds