अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनस्थलमा बुलेट बाइकमा हिँडिरहेका ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् ।
प्रदर्शनमा सहभागी हुन नआएको र घरतर्फ हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हान्ने ती इन्स्पेक्टर हुन् तिलकबहादुर बम । नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल ।’
थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर् ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ । तर, सँगै रहेका जुनियर प्रहरीहरूले भने संयमता अपनाएका छन् ।
सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्–‘हामी घर जान लाग्या मान्छे अब लुक्ने ? बोल्न नपाउने ?’ यस भिडियो मुन्तिर कमेन्टमा प्रहरी विरूद्ध चर्को आलोचना भइरहेको छ ।
सम्बन्धित खबर
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
आशिका तामाङ किन पक्राउ परिन्?
रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालत बाट पनि ६० लाख धरौटीमा छाड्न आदेश
रवि आइतबार मात्र काठमाडौं अदालत उपस्थित हुने, पोखराबाट सडकमार्गबाटै काठमाडौं
यौनकर्मी महिलालाई शारीरिक सम्पर्कपछि चक्कु प्रहार गर्ने युवक पक्राउ
चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी