गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गए राति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् ।
ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ–आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए । सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ ।
करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठले बताए ।
कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायत गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए ।
परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ गोरखामा निर्विरोध नेतृत्व
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
काठमाडौँमा गाडी दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, २ जना घाइते
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते