पोखरा । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् ।
जापानमा रहेका राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए । राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो । १० लाख राशी रहने कोषमा हालसम्म साढे ४ लाख बढी संकलन भइसकेको महासंघ गण्डकीले जनाएको छ ।
अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताए । राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको बताए । उनले जन्मदिनको अवसरमा रकम पठाएका हुन् ।
स्मृति प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइयो
पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइएको छ । पहिलो चरणको छलफलले प्रतिष्ठान गठन गरिने र अध्यक्षमा उनकी धर्मपत्नी प्रतिभा पौडेललाई चयन गरिएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले जानकारी दिइन् ।
मंसीर २३ गते एक कार्यक्रमका बीच प्रतिष्ठानको तदर्थ समिति घोषणा गरिने त्रिभुवनका दाजु चिरञ्जीवि पौडेल (उत्तम) ले जानकारी दिए ।
पत्रकार महासंघ गण्डकीले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा अक्षयकोष बनाउने घोषणा दुर्घटनाको केही दिनमै गरेको थियो । कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने, महासंघ गण्डकीले ५ लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी ५ लाख रुपैयाँ प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकहरुसंग समन्वय गरेर जुटाउने निर्णय गरेको थियो ।
गत वर्ष माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा त्यसमा सवार अन्य ७१ जनासँगै ३७ वर्षीय पौडेलको पनि निधन भएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते