पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलो विरुद्ध ११० रनको सानदार जित दर्ता गरेको हो । राष्ट्रिय टोलीका खेलाडीबाट सुसज्ज्ति नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो ।
नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्धतले ३८ रन बनाउँदै शुभम खनालको बलमा पेििभलियन फर्के ।
आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिंदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे । आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम खनालले १ विकेट लिए ।
१९६ रनको विशाल रन पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १.४ ओभर वलिङ गरेका कुशल मल्लले २ रन दिएर तिन विकेट हात पारे । उनले आयोजक निलोका लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई सून्य रनमा पेभिलिएनको बाटो देखाए ।
आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिंदा ओपनर रोनिम तिवारीले १५ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट हात पारे ।
खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए ।
मधेश प्रदेश विजयी
प्रतियोगितामा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशमाथि ८ विकेटले सानदार जित निकालेको छ । सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै जित निकालेको हो ।
टस जितेको सुदुर पश्चिमले १५।५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमाउन पुग्यो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पेभिलियन फकिंदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । त्यस्तै खडक बोहोरा ९ बलको समना गर्दै एक रनमा पेभिलियन फर्किए । बसन्त कार्की ४ रन बनाए । किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिदाँ भोजराज भाट भने १० रन बनाए ।
मधेश प्रदेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए भने अनिल साहले १ विकेट लिए । मधेश प्रदेशले २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो । मधेशले ६२ रन बनायो । तिन बल फेस गरेका हरिंशकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरे पछि मधेश दवावमा परेको थियो । तर अनिल साहले जितको आधार तयार पारे । अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनााए । उनी पनि बोहोराकै बलमा आउट भए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गरे । दुवै नटआउट रहे ।
हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।
मंगलबार पहिलो खेल सुदुर पश्चिम र नेपाल पुलिस क्लव तथा दोश्रो खेल कोशी प्रदेश र नेपाल आर्मीका विच हुनेछ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते