स्याङ्जा । दोस्रो स्याङ्जा आँधिखोला महोत्सव श्रवण कुमार खेलमैदान (मालेबगर)मा हुने तय भएको छ ।
आयोजक स्याङ्जा चेम्बर अफ कमर्सले सोमबार पत्रकार सम्मेलन गरी पुस १२ देखि २२ गतेसम्म प्रदेश स्तरीय दोस्रो स्याङ्जा आँधिखोला महोत्सव गर्ने जनाएको हो ।
‘कृषि, पर्यटन, उद्योग, र व्यवसाय विकास हाम्रो सान, दोस्रो स्याङ्जा आँधिखोला महोत्सवको अभियान’ भन्ने मुल नारा सहित महोत्सव हुने अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए ।
स्याङ्जाको गरिमा बोकेको आँधिखोलाको काखमा हुने महोत्सवमा सम्बन्धित पालिकाहरु, प्रशासन लगायतका निकायसंग सहकार्य गरिएको उनले बताए ।
उक्त महोत्सवमा स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्धन एवम् संस्कृतिको जगेर्ना गर्न र विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै महोत्सवलाई नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने अध्यक्ष रेग्मीको भनाई छ ।
अध्यक्ष रेग्मीले जिल्लाको आर्थिक तथा सामाजिक उत्थान गर्न सूचना प्रविधि प्रदर्शन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन, संस्कृतिको जगेर्ना, कृषिको व्यवसायिकरण गर्ने उदेश्यले नै नेपाल चेम्बर अफ कमर्स र स्याङ्जा चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा तथा विभिन्न संघसंगठनको सहयोग र सहभागितामा आयोजित महोत्सवबाट आम्दानी रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गर्ने उल्लेख गरे ।
उक्त महोत्सवमा कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने संस्थाका वरिष्ठ उपाध्यक्ष श्री गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धनका लागि आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधी हस्तान्तरण गर्न, हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा महोत्सवले सेवा पुर्याउने विश्वास लिएको उल्लेख गरे ।
पत्रकार महासंघ स्याङ्जाका कोषाध्यक्ष रमेश गोदारले आयोजित महोत्सवलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट लागिपर्ने बताए ।
त्यसैगरी, महोत्सव सफल पार्न विशेष भुमिका दर्शकहरुकै रहने हुँदा महोत्सवमा दर्शकहरुलाई सहज व्यवस्थापन हुनुपर्नेमा पत्रकार रोशन लामिछानेले जोड दिए । उक्त सम्मेलनमा पत्रकार युवराज पौडेल लगायतले सल्लाह, सुझाव तथा गुनासो राखेका थिए ।
महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, पन्चेबाजा प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विषेश साँस्कृतिक प्रस्तुति, भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरु हुने संस्थाका महासचिव रिखिराम पौडेलले बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो