गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु

गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु

chatyang photo

पोखरा । भारतको गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर दाहोदमा ३, भरुचमा २ तथा अहमदाबाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ गरी १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ ।

सौराष्ट्र र उत्तरी गुजरातसहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ। सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ ।

वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ । यद्यपि त्यसको विवरण भने आउन बाँकी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds