पोखरा ११ रानीपौवामा आइतबार राति दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रपुलबाट रानीपौवातर्फ जाँदै गरेको ग१३प ७४०५ नम्बरको स्कुटर र विपरित दिशाबाट आइरहेको ग१६प ९९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल ना ५ ख १२३ नम्बरको पर्यटक बस अगाडि ठक्कर खान पुगेको थियो ।
मोटरसाइकल चालकको साथमा १९ वर्ष उमेरको क्षितिज नेपाली नाम र पोखरा ३ नदिपुर ठेगाना भएको लाइसेन्स भेटिएको छ । उनी अझै अचेत रहेको र परिवार सम्पर्कमा नआएकाले पुष्टि हुन नसकेको कास्की ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर भानु शर्माले गण्डकन्यूजलाई जानकारी दिए ।
घाइते चालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर चालक पोखरा १३ बाँझापाटन घर भएका सुदीप गुरुङ सामान्य घाइते भएका छन् । उनी उपचार पछि घर फर्किसकेका छन् ।
स्कूटर, मोटरसाइकल र बससहित चालक धादिङ गल्छीका विकी मगरलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
राति पौने ११ बजे भएको घटनाको सीसीटीभी फुटेज हेर्ने काम भइरहेको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो