पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ ।
पोखराको पर्यटन प्रवर्द्धनका लागि गरिँदै आइएको सडक महोत्सवलाई रजत जयन्तीका रूपमा मनाउने तयारी भइरहेको आयोजक संस्था रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप पोखराको लेकसाइड क्षेत्रमा पर्ने तीन किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको हो ।
‘सडकमा खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्य लिएर सञ्चालन हुँदै आएको सडक महोत्सव रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण बनाइने जानकारी महोत्सव संयोजक तथा कार्यवाहक अध्यक्ष पौडेलले दिए ।
आउँदो पुस १२ देखि १६ गतेसम्म आयोजना हुने सडक महोत्सव स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने दाबी आयोजक संस्थाको छ ।
अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवमा पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य पर्यटन व्यावसायीले सार्वजनिक गरेका छन्। पोखरामा आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै व्यावसायीले यो पटक भित्रिने पाहुनाको आकार अघिल्ला वर्ष भन्दा झनै बढी हुने बताए।
महोत्सवका मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, डुङ्गा दौड, भलिबल प्रतियोगिता, कन्सर्ट, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा अन्तक्र्रियाका साथै पोखरा तथा स्थानीयरूपमा उत्पादन कृषि, हस्तकला एवं चित्रकलाको प्रदर्शनी गरिने जानकारी सो अवसरमा दिइएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवसँगै गुणस्तरीय सेवालाई पनि त्यत्तिकै ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । कोरोना महामारीपछि यस वर्ष पोखरामा आउने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएकाले पर्यटन व्यवसाय चलायमान भएको उनको भनाइ छ ।
महोत्सवसँगै पोखराको लेकसाइडलाई पर्यटनमय बनाउन यहाँको पर्यटनसँग सम्बद्ध एक दर्जन संस्था सक्रियरूपमा लागेको जानकारी अध्यक्ष श्रेष्ठले दिए । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखराको पर्यटन विकासमा सञ्चारकर्मीको भूमिका पनि महत्त्वपूर्ण हुने बताए ।
सम्बन्धित खबर
पोखरा १५ बृहत् खेलकुद महोत्सवः शुक्रबार विभिन्न खेल सम्पन्न, शनिबार समापन हुँदै
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
सम्झनामै सीमित ‘पोखराको सम्झना’
पृथ्वीचोक बसपार्कमा स्थानीयको सक्रियतामा ढलानसहितको पक्की बाटो निर्माण [फोटो/भिडियो]
विदेश पलायन हुनेभन्दा देश बनाउने कुरामा ध्यान दिनुस् : प्रधानमन्त्री ओली
पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी