पोखरा। पोखराको न्यूरोड स्थित सुनचाँदी पसलको सटरको ताला काट्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -९ न्यूरोड स्थित ‘आर के ज्वयलर्स तथा सुनचाँदी’ पसलको सटरको ताला काट्दै गरेको अवस्थामा शनिबार राति सवा १२ बजेको समयमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रूपा गाउँपालिका -६ निवासी १८ वर्षीय किशोर छन्।

किशोरले हेक्सा ब्लेडले काटेको ताला। तस्बिर :जिल्ला प्रहरी कार्यालय कास्की ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त सुनचाँदी पसलको सटरको ताला काट्दै गरेको भन्ने सूचना पश्चात चिप्लेढुङ्गाको CRV टोली तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई ताला काट्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट ताला काट्न प्रयोग गरेको २ थान हेक्सा ब्लेड र १ थान काटेको ताला सहित नियन्त्रणमा लिएको छ भने, उनी विरुद्ध जिल्ला अदालत कास्कीमा चोरी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नोट : किशोर १९ वर्ष मूनि भएकाले नाम र थर सार्वजनिक गरिएको छैन।
सम्बन्धित खबर
हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
पोखरामा स्वरुप परिवर्तन गरिएका ३५ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन