पोखरा लेडी जेसीजको अध्यक्षमा गायत्री फुयाँल

नयाँ नेतृत्व

पोखरा लेडी जेसीजको अध्यक्षमा गायत्री फुयाँल

gayatri phuyal

पोखरा लेडी जेसीजको अध्यक्षमा गायत्री फुयाँल निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न ३० औं शाखा अधिवेशन तथा ३५ औं वार्षिक साधारणसभाले फुयाँलको अध्यक्षतामा २०२४ का लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

यसैगरी संस्थाको कार्यकारिणी उपाध्यक्षमा सुनिता गौतम भण्डारी निर्वाचित हुँदा सचिवमा नन्दकुमारी ढुंगाना (गीता) मनोनित भएकी छन् ।यसैगरी, कानूनी सल्लाहकारमा अनिता खड्का र कोषाध्यक्षमा सिर्जना आले निर्वाचित भएका छन् ।

संस्थाको तीन उपाध्यक्षमा रेजिना कटुवाल, रीता पाण्डे र सगुन पौडेल निर्वाचित भएका छन् । यस्तै, निर्देशकहरुमा ईन्दिरा तिमिल्सिना, सरिता गोदार, गीता कुमारी सुवेदी र ईन्द्रेणी चालिसे रहेका छन् ।

निर्वाचन आयुक्त विनिता सापकोटा,अधिवेशन निर्देशक लक्ष्मी अधिकारी रहेका थिए ।

अध्यक्ष लता कुँवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ