पोखरामा लागुऔषध गाँजासहित धादिङका बिनोद पक्राउ

पोखरामा लागुऔषध गाँजासहित धादिङका बिनोद पक्राउ

२२

पोखरा । पोखरा महानगरपालिका –३० पावरहाउसबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

लागू औषध गाँजा जस्तो देखिने पदार्थ ४ के.जी. सहित धादिङ गजुरी गाउँपालिका ३ का २१ वर्षीय बिनोद बि.क. शनिबार दिउँसो ३ बजे पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरातर्फ आउदै गरेको बसमा बि.क.लाई शंका लागि चेकजाँच गर्दा उनको झोला भित्र उक्त पदार्थ फेला परेको थियो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ