पोखरा । पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यहि मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ ।
संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स नेपाल)को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने उक्त खेल महोत्सव मंसिर १६ गते सम्म सञ्चालन हुनेछ । महोत्सव अन्तर्गत छात्र/छात्रा भलिबल, छात्र फुटबल, छात्रा/छात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिता अन्तर्गत मावी स्तरिय (कक्षा ९–१०),छात्र फुटबल छात्र/छात्रा मावी स्तरिय भलिबल, मावीस्तरिय छात्रा खोखो, आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी, एथलेटिक्स छात्र/छात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जनाएका छन् ।
औनपचारिक रुपमा मंसिर ११ गतेबाट प्रतियोगिता सञ्चालन हुने भए पनि उद्घाटन भने मंसिर १४ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिए ।
कोभिडका कारण विगत तिन वर्ष देखि युनिप्स खेल महोत्सव स्थगित रहेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते