काठमाडौँमा एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका छन् । फेसबुक लाइभमा आएर श्रेष्ठ थरका तिनले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् ।
करिब साढे ६ मिनेट लाइभमा आएको उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन् ।
दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन् ।
‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्यो….’, उनले लाइभमा भनेका छन् । उनले छोरोका नाममा फेसबुकमा पोष्ट पनि गरेका थिए ।

उनले दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागेपनि समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्धार गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ । उनलाई ताहाचलबाट जिवित उद्धार गरिएको बताइएको छ ।
सम्बन्धित खबर
१४ महिनापछि राजीनामा दिन्छु अनि शेरबहादुरजी प्रधानमन्त्रीः ओली [भिडियो]
‘मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्, क्याबिनेट बस्दा अब मोबाइल बाहिरै’: प्रवक्ता गुरूङ
सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न ७ दिने अल्टिमेटम, दर्ता नभए प्रतिबन्ध लगाउने
सत्ता समीकरण फेरबदल नहुने देउवाको प्रष्टीकरण [भिडियो]
सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध