पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा शनिबार शसस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेशले जीत निकालेका छन् ।
एपीएफले लुम्बिनी प्रदेशलाई र कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई पराजित गरेको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको छ । १५२ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सफल भयो ।
एपीएफका अरुण ऐरीले ५ विकेट लिए । भुवन कार्कीले २, अभिनाष बोहरा र अमर रौटालाले १/१ विकेट लिए ।
लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोडे । रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । एपीएफका लोकेश बमले विष्फोटक पारी खेले । बमले १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन जोडे ।
एपीएफ पहिलो खेलमा गण्डकी प्रदेशसंग ४ विकेटले पराजित भएको थियो । तसर्थ सेमिफाइनल प्रवेशको सम्भावना जिवितै छ ।
शनिबारको पहिलो खेलमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ लाई ४ विकेटले पराजित गरेको छ ।
मदन भण्डारी ‘रातो’ ले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । ११० रनको लक्ष्यलाई पुरा गर्ने क्रममा दिपेन्द्र रावतले अविजित ४३ रनको योगदान दिए ।
मदन भण्डारीको ‘रातो’ लगातार २ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार पहिलो खेलमा गण्डकी प्रदेशसँग लुम्बिनी भिड्नेछ । नेपाल पुलिस क्लबसँग मधेश प्रदेश मैदान उत्रनेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिता बिहीबार सुरु भएको हो । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते