पोखरामा भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुले प्राप्त गरेका छन् । उनले ५ स्टेज (ट्रयाक) को ११.९२० किलोमिटर दुरी ९ मिनट ५९ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
९ विधामा इलित पुरुषतर्फको उपाधि जितेका उनले नगद ५० हजार रुपैयाँसमेत पाए । यो विधामा युकेका क्रिस्टोफर किलिङले १० मिनेट १६ सकेन्डमा दुरी पार गर्दै दोस्रो भए ।
नेपालका प्रचित थापाले १९ मिनेट ३६ सेकेन्डमा दुरी पार गदैै तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रोले क्रमशः ३० हजार र २० हजारको साथमा प्रमाणपत्र, मेडलसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
महिलातर्फ नेपालकी लक्ष्मी मगर विजेता बनेकी छन् । उनले साढे १० किलोमिटर दुरी ९ मिनेट ५३ सेकेन्डमा पूरा गरिन् ।
नेपालकै मिङमा याङ्जी शेर्पाले उपविजेता र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः ११ मिनेट २५ सेकेन्ड, १५ मिनेट ३५ सेकेन्ड समय लगाए ।
विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजार हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्टह्याम्पर पाएका छन् ।
१८ वर्षसम्मका पुरुष जुनियर तर्फ नेपालका बिपुल विजेता भए । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
३० देखि ३९ वर्ष उमेर समूहको मास्टर्स ‘क’ विधामा राजन भण्डारी विजेता हुँदा, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो स्थानमा आए ।
४० देखि ४९ वर्ष उमेर समूहको मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले विजेता भए । रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान हासिल गरे ।
५० वर्षमाथि उमेर समूहका भेट्रानतर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधानले क्रमशः पहिलो दोस्रो र तेस्रो स्थान ल्याए ।
नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम विजेता भए । विश्वास मोदी दोस्रो भए ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडामा ३ दिनससम्म चलेको प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते