पोखरामा नेपाल–चाइना फोटो प्रदर्शनी

पोखरामा नेपाल–चाइना फोटो प्रदर्शनी

photo ex

तस्वीरः सञ्जय शाक्य

पोखरामा नेपाल चाइन फोटो प्रदर्शनी गरिएको छ । लेकसाइडस्थित बाराहीघाटमा शनिबार फोटो प्रदर्शनी गरिएको हो ।

नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीको अवसरमा फोटो प्रदर्शनी गरिएको हो । पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगितामा फोटो प्रदर्शनीको संयोजन चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ कास्कीले गरेका हुन् ।

प्रदर्शनीमा नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो राखिएको छ । प्रतियोगितामा आएका पाहुनासँगै लेकसाइड घुम्न निस्किएकाका पर्यटकले प्रदर्शनीमा राखिएको फोटो चाख मानेर हेरे ।

शनिबार साँझसम्म फोटो प्रदर्शन चलेको थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ