पोखरा । क्लब क्वाटवाक र ओपन हाउसले आगलागी भएको दृष्टिविहीन बसोबास गर्ने आश्रमलाई सहयोग गरेको छ
दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला तिहारको अघिल्लो रात आगलागी भएको थियो।
पोखरामा रहेको क्लब क्वाटवाक र ओपन हाउसले २ लाख बराबर सामग्री सहयोग गरेको छ। दृष्टिविहीनहरूले जीवन आर्जन गर्न विभिन्न ठाउँ पुगेर बेच्ने कलम, अगरबत्ती, कपुर लगायत सामाग्री सहयोग गरेको क्वाटवाक ओपन हाउसका संचालक गुप्त लामाले जानकारी दिए ।
कपूर ३२ थान, स्टील जाली ३२ थान, कान कोटाउने ३२ थान, पेन ५ थान, पेन्सिल १२ थान, ओड्ने कपडा ६ थान र टोपी जकेट टाउजर हस्तान्तरण गरेको थियो ।
क्लब क्वाटवाक र ओपन हाउसमा आएको पाहुनाले खाएको टेबलको ब्यापार बाट १०-१० रूपैंया जम्मा गरेर सामाजिक कार्यमा खर्च गर्ने सञ्चालक लामाले जानकारी दिए ।
यस्तै, अर्का सञ्चालक अमृत पहारीले अर्को महिना विद्याआश्रमलाई ओपन हाउसमै ल्याएर खान खुवाउने र एक दिन उउहाँहरूसँगै बिताउने योजना रहेको सुनाए ।
सम्बन्धित समाचारः
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
‘ज्यानको कपडाबाहेक केही रहेन, बेच्न राखिएका सबै सामान जले’
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु