पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणमा क्रममा भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् ।
नेपाललाई दिइएको १५ राँगामध्ये कास्कीको पोखरामा ७ वटा ल्याइएको हो । ५ वटा सिरहाको लहान र ३ वटा बाँकेको नेपालगन्जमा राखिएको छ ।
शुक्रबार आइपुगेका राँगा पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालय भेडीफाराममा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा फूलमालाले स्वागत गरिएको थियो ।
ति रांगाहरुलाई एक महिना क्वारेन्टिनमा राखिने र त्यसपछि विर्य संकलन थालिने कार्यालयले जनाएको छ । पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ ।

पोखराका मेयर धनराज आचार्यले यस राँगाले यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैँसी पालक कृषकहरु बिशेष लाभान्वित हुने बताए ।
उनले भने – ‘भारतबाट उन्नत नश्लका मुर्रा जातका राँगा ल्याउने काम पूरा भएको छ । १५ मध्ये ७ राँगा पोखरास्थित पशु प्रजनन विकास केन्द्र (भेडीफाराम) मा ल्याइएको छ। यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैँसी पालक कृषकहरु बिशेष लाभान्वित हुनुहुनेछ। यस अतुलनिय प्रयासको लागि सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार’
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने