नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा खटेर अस्थाई टहरा बनाउने काममा तीव्रता दिएको छ ।
यसैक्रममा युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसीको नेतृत्वमा रहेको गण्डकी प्रदेशबाट खटिएको ५० जनाको समूहले चौरजहारीमा अस्थायी टहरा बनाएर हस्तान्तरण समेत गरेको छ ।

चौरजहारी–१० र ११ का प्रभावित १४ घरपरिवारका लागि अस्थायी टहरा बनाएर हस्तान्तरण गरिएको अध्यक्ष जिसीले जानकारी दिएका छन् । स्थानिय साधन–स्रोतको प्रयोग गरेर काठपात राखेर माटोले लिपेको पर्खाल र त्रिपालको छानो भएको अस्थाई बास निर्माण गरेको अध्यक्ष जिसीले बताए ।

यसरी अस्थायी टहरा पाएपछि भुकम्पबाट घरबार विहिन भएका नागरिक पनि खुसी भएका छन् । चौरजहारी नगरपालिका–१० पोखरीका स्थानिय शशिराम राणाले भने– ‘सरकारको भर परेर त कहिले हो कहिले ? चिसोले सताएको बेला न्यानो अस्थायी घर पाएर खुसी लाग्यो ।’

सर्वसाधारणले युवा संघलाई धन्यवाद समेत दिएका छन् । यसपछि आफूहरु चौरजहारी नगरपालिकाको वडा नं. १० र ११ मा तीन वटा समूह बनाएर अरु अस्थायी टहरा बनाउने काममा खटिएको युवा संघ कास्कीका सचिव नवराज केसीले जानकारी दिए ।

‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी खटिएका छौँ । यही मंसिर १४ गतेसम्म प्रभावित क्षेत्रमा खटेर काम गर्ने र यसपछी नेकपा एमालेको मध्यपहाडी जागरण अभियानमा जोडिने योजना छ’ उनले भने ।





माओवादी निष्क्रिय भएको आरोप लागिरहेको बेला एमालेले भने माओवादीको आधार इलाकामा पुर्न निर्माणलाई तीव्रता दिएको छ ।
विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ ।
माओवादीको आधार इलाका रुकुम पश्चिममा मात्रै एमालेका ४ सय स्वयंसेवक खटिएका छन् । उनीहरुले यहाँ अहिले सम्म सय भन्दा बढि घर पुनर्निर्माण गरिसकेका छन् ।
एमालेले खटाएका स्वयम सेवक दस्तामा रहेका युवाहरू अहिले आफ्नै खर्चमा ढलेका घरहरू उठाउन लागेका छन्। यहाँ २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा भग्नावशेष व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।
यसैबीच, नेकपा एमाले मजदुर संगठन जिफण्ट, विद्यार्थी संगठन अखिल पनि खटिएको छ ।







सम्बन्धित खबर
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर