चलचित्र निर्माता र हलवालाबीच ५०-५० प्रतिशतको सेयर बाँडफाँड गरिने निर्णय भएको छ । बिहीबार चलचित्र निर्माता संघ र हल सम्बन्धी छाता संगठन चलचित्र संघबीच भएको छलफलले यस्तो निर्णय गरेको हो ।
यसअघि फिल्म प्रदर्शनको पहिलो र दोस्रो हप्ता हलवाला र निर्माताले ५०/५० प्रतिशत सेयर पाउने व्यवस्था थियो । तेस्रो हप्तादेखि भने हलवालाले ६५ अनि निर्माताले ३५ प्रतिशत मात्र पाउँथे ।
यसअघि सोही विषयलाई लिएर चलचित्र संघमा दुई दिनसम्म वार्ता भएको थियो। ५ गते वार्ता बस्ने सहमति भएसँगै फिल्म प्रदर्शन नरोक्ने निर्णय गरेका थिए।
तर, ५ गतेको वार्ता निष्कर्षविहीन भएपछि दुवै संघले वार्ता समिति गठन गरेर छलफल अगाडि बढाएका थिए। बुधबार र बिहीबार दुईदिनको वार्तापछि ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति मिलेको हो।
यही व्यवस्थाले निर्माता मारमा पर्ने भन्दै ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेतले सेयर बाँडफाँड बराबार हुनुपर्ने माग राखेका थिए । शो वितरणमा भएको असन्तुष्टी पोख्दै सेयर बाँडफाँड बराबार नभएसम्म हलमा फिल्म नै नलगाउने भन्दै ‘दिमाग खराब’को प्रदर्शन स्थगन गरेसँगै दुई संस्थाले यो विषयमा नयाँ निर्णय सुनाएको हो ।
‘स्वदेशी चलचित्र उद्योगको वृहत्तर हितका लागि स्वदेशी चलचित्र निर्माण, वितरण र प्रदर्शनमा उच्च प्राथमिकताको मान्यतालाई स्थापित गर्न तथा नेपाली चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित एवं सर्वसुलभ तरिकाले प्रदर्शन गर्न/गराउनका लागि नेपाली चलचित्र उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायिक संघहरू नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबिच ६ बुँदामा सहमत भइ सम्झौता/सहमति पत्रमा हस्ताक्षर गरी एक/एक प्रति लिनेदिने कार्य सम्पन्न भएको छ,’ दुई संस्थाले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि आफ्नो नयाँ हलको उद्घाटन समारोहमा कलाकार दीपकराज गिरीले उक्त हलमा ५०/५० प्रतिशत सेयर बाँडफाँड गरिने निर्णय सुनाएका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने