नेपाली सेनामा साढे ३ हजार जनाका लागि आवेदन माग

नेपाली सेनामा साढे ३ हजार जनाका लागि आवेदन माग

nepal army

पोखरा । नेपाली सेनाले विभिन्न पदमा साढे ३ हजार जनाका लागि आवेदन माग गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

सैन्य पदमा ३ हजार र सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । ट्रेडका फ्लोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भइ दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।

दरखास्त आजदेखि आउँदो पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ