माछापुच्छ्रे बैंकको अध्यक्षमा राेशन केसी नियुक्त भएका छन् । बैंकले बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हाे।
केसी पोखराका ब्यवसायी हुन्। माछपुच्छ्रे बैंक स्थापनामा केसी परिवारको महत्वपूर्ण योगदान छ। रोशनका पिता सुर्यबहादुरको पहलमा बैंक खुलेको हो।
केसी केही समयदेखि बैंकको सञ्चालक लगातार निर्वाचित भइरहेका थिए। उनी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए।
हाल अध्यक्षमा नियुक्त हुनु अघि उनी यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए। बीचमा बैंक कमजोर भएर स्ट्यान्डर्ड फाइनान्सलाई गाभेपछि निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतो समूह बलियो भएको थियो। महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको छ। महतोको राजीनामापछि उनी अध्यक्ष भएका हुन्।
केसी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रमा आबद्ध रहँदै आएका छन्।
माछापुच्छ्रे बैंकले हाल सातवटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिइ इकाइ र २०२ वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो