काठमाडौंमा बिहीबार दुई समूहले गरेका प्रदर्शनमा जम्मा १६ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएको सुरक्षा निकायले आंकलन गरेको छ । सुरक्षा निकाय स्रोतका अनुसार बल्खुमा आयोजित दुर्गा प्रसाईको कार्यक्रममा ९ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए ।
यस्तै, महेश बस्नेतको कार्यक्रममा ७ हजारभन्दा बढी सहभागी भए । एमालेका युवा विद्यार्थीहरुको प्रदर्शन शान्तिपूर्ण र व्यवस्थित देखिएको थियो भने दुर्गा प्रसाईको प्रदर्शन नेतृत्वविहीन अराजक देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
एमालेका युवा विद्यार्थीको प्रदर्शनमा भने विभिन्न जनवर्गीय संगठन र पार्टीका सम्पर्क मन्चहरुले आ आफ्नो कमिटीमा आबद्ध कार्यकर्ताको हाजिरीसहित व्यवस्थित गरेकाले कसैले पनि कमाण्डबाहिर गएर अवान्छित गतिविधि गर्न पाएनन् । युवा संघको प्रदर्शनमा १० हजारजतिको संख्यामा सहभागी भए पनि भाषण शुरु हुँदा ठूलै संख्या हाजिरी जनाएर बाहिरिइसकेको थियो ।
बल्खुमा प्रसाई समूहका प्रदर्शनकारी कालिमाटी प्रवेश गर्न खोजेपछि प्रहरीले १४६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा ५ राउन्ड रबरका गोली पनि प्रहार भएको बुझिएको छ । झडपका क्रममा प्रदर्शनकारीतर्फ ६ जना र प्रहरीतर्फ २ जना घाइते भएका छन् ।
प्रसाईंको प्रदर्शनमा कसैको पनि कमाण्ड नहुँदा तोडफोड र ढुंगामुढामा प्रदर्शनकारी उत्रिएका थिए । त्यसक्रममा बाध्य भएर बल प्रयोग गर्नु परेको र अश्रु ग्याँस प्रहार गरेर भीड तितरवितर नपारेको भए सार्वजनिक र व्यक्तिका सम्पत्तिमा थप क्षति हुने काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताएका छन् ।
तीनकुनेमा हुने कार्यक्रममा सहभागी हुन स्वयंम्भुबाट आएका युवा संघका कार्यकर्ता र प्रसाई समूहका कार्यकर्ताबीच दिउँसो बल्खुमा झडप भएको थियो ।
युवा संघका कार्यकर्तालाई तीनकुने पुर्याउिने रुट मिलाउनेक्रममा त्रुटी हुँदा उक्त झडपको स्थिती आएको एक अधिकृतले बताए । ‘युवा संघका कार्यकर्तालाई कलङ्कीबाट कालिमाटी भएर बल्खु हुँदै तीनकुने लैजान खोज्दा त्यहाँ समस्या भएको हो। अन्यथा दुई समूहबीच कुनै तनाव देखिएन’, ती अधिकारीले भने ।
दुर्गा प्रसाईको कार्यक्रममा काठमाडौं बाहिरबाट करिब ५ हजारको संख्यामा प्रदर्शनकारी काठमाडौं आएको सुरक्षा निकायको अनुमान छ ।
व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा, भोलिदेखि तीनकुनेमा जम्मा हुन उर्दी
व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ अघि बढ्नेसमेत चेतावनी दिए । उनले भने, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’
प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरे । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताए । उनले थपे, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह सुरु हुन्छ । हामी श्रीलंका स्टाइलले जाने प्लानमा छौं । श्रीलंकामा जस्तै नेतालाई जनताले जहाँ भेट्छन्, त्यही मसाज गर्छन् ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते