पोखरा । एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उलने बताए ।
त्यस्तै प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले ४ वर्ष अगाडी देखि तयारी गर्दै हाल सञ्चालन गर्न सफल भएको बताए । उनका अनुसार ७ विधामा हुने प्रतियोगिताको लागि ६ वटा ट्रयाक रहने जसमा ४ वटा सबैले गर्नुपर्ने हुन्छ । प्रोफेशन राइडरका लागि इलिट र इ–बाइकको लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने उनले बताए । एन्ड्युरो माउन्टेन बाइक रेसका लागि पोखरा नै उपयुक्त ठाँउ रहेको उनको भनाई थियो ।

त्यस्तै पोखरा १३ का वडाध्यक्ष किरण बरालले आर्बालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खुशी व्यक्त गरे ।
तीन दिनसम्म हुने प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ ।
इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने र इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्ते गर्नेछन् । अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते