पोखराको नागढुंगास्थित एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ।
पोखरा नागढुंगा स्थित युनिक होटलमा बास बसेकी तनहुँ भिमाद स्थायी घर भएकी ३८ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी सोही स्थान नजिकैको शिला रेष्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार बुधबार बिहान होटलकी संचालिकाले शिलालाई अचेल अवस्थामा देखेकी थिइन् । तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । होटलमा सिसिटिभी पनि जडान नरहेको र घटना संकास्पद भएकाले ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक, मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएको छ ।
हाल शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ ।
होटल सञ्चालकले प्रहरीसामू महिलाले नै केटाको नाम, नम्बर टिपाएको बयान दिएको श्रोतले बतायो । होटल रूम भित्र जुस र रेडबुल खाएको अवस्थामा भेटिएको छ ।
यद्यपी प्रहरीले भने युवकसँग होटलमा गएको बारे पुष्टि नभइसकेको र अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो