अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर पर्छः प्रमुख कर अधिकृत शर्मा

अर्थतन्त्र सिथिल हुँदा राजश्वमा असर पर्छः प्रमुख कर अधिकृत शर्मा

tax

पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले अर्थतन्त्र सिथिल हुँदा त्यसको प्रभाव राजश्व संकलनमा देखिएको बताएका छन् । यद्यपि,आन्तरिक राजश्व कार्यालय पोखरा भने लक्ष्य अनुसारको कर संकलनमा सफल भएको उनको भनाइ छ ।

आन्तरिक राजश्व कार्यालय पोखराको लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब राजश्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा कात्तिक मसान्तसम्म १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

राष्ट्रिय कर दिवसको अवसरमा पोखरा उद्योग वाणिज्य संघ तथा आन्तरिक राजश्व कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हुण्डीको अवैध कारोबारका कारण न्यूनबिजीकरणमार्फत् सामानहरु आयात हुने गरेको पनि औंल्याए । स्वच्छ, पारदर्शीर प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ आन्तरिक राजश्व कार्यालयले सप्ताहव्यापी कर सप्ताह मनाइरहेको छ ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा मूल्य अभिवृद्धि कर ( भ्याट) कार्यान्वयनमा आएको स्मरण गर्दै व्यवसायीहरु प्रगतिशील र प्रविधिमैत्री कर प्रशासनको पक्षमा रहेको बताए ।

करसम्बन्धी कार्यपत्र पेश गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका सूचना अधिकृत गोपाल गिरीले मिसम्याच,कर र विवरण दाखिलाको तौरतरिका,छुटका व्यवस्थाबारे जानकारी गराएका थिए

कार्यक्रममा बोल्दै पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीेले करदातालाई दुःख दिने हैन कि सम्मान गर्नुपर्ने धारणा राखे । करदाताको पनि सामाजिक सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उनको माग थियो ।

संघका महासचिव बलराम आचार्यले कर नीतिहरु बनाउँदा व्यवसायीहरुको सुझाव सुनिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बालकृष्ण कोइराला, भरत केसी,लेखनाथ सुवेदी, टीकाराम सुवेदी,युवकबहादुर बस्नेत,राम कँडेल,माधव बस्ताकोटी,व्यवसायीहरु महेन्द्र पौडेल,परशुराम तिवारीलगायतले कर प्रशासनसँग सम्बन्धित विभिन्न जिज्ञासाहरु राखेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ