हमासले बन्धक बनाएका विपिन जोशी सम्पर्क विहीन नै छन्: दूतावास

हमासले बन्धक बनाएका विपिन जोशी सम्पर्क विहीन नै छन्: दूतावास

Bipin joshi

इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी हालसम्म पनि सम्पर्क विहिन नै रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायल तेल अभिभस्थित नेपाली दूतावासले प्यालेस्टाइनको विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएको पुष्टि भएपनि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ।

‘हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको छ। तर, जोशीको पछिल्लो अवस्थावारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्क विहिन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा जनाएको छ।

गत असोज २० गतेदेखि विपिन वेपत्ता रहेका छन् । हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुशल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीसँग आग्रह गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ