चार देशीय महिला टी–२० : जापानलाई हराउँदै नेपाल तेस्रो

चार देशीय महिला टी–२० : जापानलाई हराउँदै नेपाल तेस्रो

Nepali-woman-cricket-team

पोखरा । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ । हङकङमा आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

नेपालले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो ।

जापानकी अकारी निशीमुराले सर्वाधिक २९ रन बनाइन् । यस्तै, हिनासी गोटोले १६ तथा अहिल्या चन्डेलले ११ रन बनाए ।

नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए ।

जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले एक–एक विकेट लिए ।

लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच तेस्रो स्थानको लागि खेल भएको थियो ।

शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ