पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २९ घोतघोतेमा दृष्टिविहीन निवासमा भएको आगलागीबाट क्षति भएका पीडितलाई सामग्री वितरण गरेको छ ।
शनिबार पीडितको क्षेत्रमै पुगेर १५ हजार बराबर राहत सामग्री वितरण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
राहतमा चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजा लगायत अन्य करिव एक हप्तालाई पुग्ने गरी प्रदान गरिएको अध्यक्ष पोखरेलले बताए ।
स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा राहत सामग्री वितरण गरेको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोगको अध्यक्ष सुनिल तिमिल्सिनासहित अनेरास्ववियुको जिल्ला स्तरीय नेताको उपस्थिति थियो ।
अनेरास्ववियु कास्कीले अस्थायी टहरा निर्माणका लागि अनेरास्ववियु जनश्रमदान गर्न पनि तयार रहेको बताएको छ ।

गत बुधबार राति दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममा आगलागी भएको थियो । नगद ८ लाखसहित करिब ३० लाख क्षति दृष्टिविहीन समूहको भएको थियो । ५ कोठे एक तले घरसमेत जलेर नष्ट भएको थियो ।
घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका अगरबत्ती, कपुर, पेन्सिन, डटपेनसहित सामग्री, लत्ताकपडा र नगद गत शनिबार भएको आगलागीले नष्ट भएको थियो । उक्त आश्रममा करिब ३० जना बस्छन् ।
आश्रय लिने र उद्यमका काम गर्ने आश्रम नै जलेपछि देशका विभिन्न ठाउँबाट आएका दृष्टिविहीनहरु चिन्तामा छन् ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं पूर्व गृहमन्त्री तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पनि भोलिपल्टै पुगी आगलागीबाट भएको क्षतिबारे बुझेका थिए ।

सम्बन्धित समाचारः
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने