आगलागीपीडित दृष्टिविहीनलाई अनेरास्ववियु कास्कीको सहयोग

आगलागीपीडित दृष्टिविहीनलाई अनेरास्ववियु कास्कीको सहयोग

akhil-kaski-help

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु, कास्कीले पोखरा महानगरपालिका–२९ घोतघोतेस्थित दृष्टिविहीन आश्रममा भएको आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।

शनिबार आश्रममै पुगेर अनेरास्ववियुको टोलीले १५ हजार बराबरको राहत सामग्री आश्रमलाई हस्तान्तरण गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । एक हप्तालाई पुग्ने गरी चामल, दाल, तरकारी, दालमोठ, चिउरा, भुजालगायत खाद्यान्न सहयोग गरेको उनले बताए ।

घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका अगरबत्ती, कपुर, पेन्सिन, डटपेनसहित सामग्री, लत्ताकपडा र नगद गत शनिबार भएको आगलागीले नष्ट भएको थियो । उक्त आश्रममा करिब ३० जना बस्छन् ।

आश्रय लिने र उद्यमका काम गर्ने आश्रम नै जलेपछि देशका विभिन्न ठाउँबाट आएका दृष्टिविहीनहरु चिन्तामा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds