तालिम लिन पोखरा आउनुपर्ने सशस्त्रका असई धनगढीमा अस्पतालबाटै ल्यापटप चोरेपछि पक्राउ

तालिम लिन पोखरा आउनुपर्ने सशस्त्रका असई धनगढीमा अस्पतालबाटै ल्यापटप चोरेपछि पक्राउ

apf asi chor

सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई)  नै ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका छन्।

गत कार्तिक २६ गते धनगढी उपमहानगरपालिका–३, चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारी तालिमका लागि पोखरा थिए। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। अस्पतालको सिसिटिभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिन्छ।

महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds