अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएका नेपाली युवक सुवास श्रेष्ठ दलाललाई ८५ लाख मोटो रकम बुझाएर मेक्सिको हुँदै अमेरिका छिरेको खुलेको छ ।
पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । त्यसपछि श्रेष्ठ गत सेप्टेम्बर २ मा एरिजोनाको लुकभिल नजिकैबाट विना भिसा अमेरिका प्रवेश गरेका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ का स्थायी बासिन्दा ३४ वर्षका सुवास त्यस वडाका अध्यक्षका छोरा रहेको पनि खुलेको छ । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताएका छन् ।
हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । श्रेष्ठलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।
उनी गत सेप्टेम्बर २ तारिखमा अमेरिका प्रवेश गरेका थिए । विना भिसा अमेरिका पुगेका उनी त्यहाँ छिर्नासाथ अमेरिकी प्रहरीको नियन्त्रणमा पुगेका थिए । त्यसपछि उनलाई अध्यागमन हिरासतमा राखियो ।
टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा आइसको हिरासतमा रहेका श्रेष्ठको सोमबार मृत्यु भएको अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आइसले पुष्टी गरेको खसोखासको समाचारमा उल्लेख छ । उनी अध्यागमन अधिकारीद्वारा निरीक्षण, भर्ना वा प्यारोल बिना नै अमेरिका प्रवेश गरेको आइसले जनाएको छ ।
यूएस बोर्डर पेट्रोलले उनलाई अध्यागमन र राष्ट्रियता ऐनको सेक्सन २१२ अन्तर्गत शीघ्र देशनिकालाका लागि सूचना र आदेश दिएको थियो ।
सेप्टेम्बर ९ मा यूएस बोर्डर पेट्रोलले श्रेष्ठलाई इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन सान एन्टोनियोमा स्थानान्तरण गरेको थियो । त्यसपछि उनलाई उनलाई कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखिएको थियो, जहाँ उनको अध्यागमन मुद्दा जारी थियो ।
नोभेम्बर १३ मा इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसनलाई उनी अचेत भएकोबारे सूचित गरिएको थियो । मेडिकल सहायता पछि श्रेष्ठलाई मृत घोषणा गरिएको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटवार्ता
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो