पोखरा । पोखरामा चर्चित मन्त्र व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । शुक्रबार अर्थात मंसिर १ गते पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाइभ कन्सर्ट हुन लागेको हो ।
‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका चर्चित गीतहरूबाट मन्त्र व्याण्डले मनोरञ्जन दिने छ ।
पोखरा लामोसमय पछि कन्र्सट हुन लागेकाले दर्शकहरुको राम्रो उपस्थिती हुने प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए ।
उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ । मन्त्र व्याण्ड करिब २५ वर्ष देखी सागितिक क्षेत्रमा सक्रिय रहदै आएको छ ।
दार्जिलिङको ख्यातिप्राप्त मन्त्र व्याण्डका गीत संगित नेपालमा रक नम्बरमा लोकप्रिय छन् । सन् १९९९ मा स्थापना भएको ब्याण्डले स्लो रक र रक जस्ता विधाका गीतहरू मार्फत धेरैको मनमा स्थान बनाएको छ ।
ब्यान्डले प्रेम, संस्कृति र देशका गीतहरूलाई जोड् दिदै आएको छ । मन्त्र ब्याण्डमा भोकलमा भास्कर देवान, गितारमा प्रज्ञा लामा, ड्रममा बिरजु चौधरी, बाँसुरी र सेक्सोफोनमा विधान थापा, बास गितारमा प्रवाह सुब्बा, र किबोर्डमा मनिष थापा रहेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने