पोखरामा विश्वशान्ति पूजाको तयारी पूरा

पोखरामा विश्वशान्ति पूजाको तयारी पूरा

IMG_4124

पोखरा। पोखरामा गुम्बा राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पूरा भएको छ ।

बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।

पूजाको पूर्वसन्ध्यामा मङ्सिर १ गते लामा गुरुहरुको र्‍याली गरिने छ । कार्यक्रममा तामाङ जातिहरुको संस्कृति, परम्परा अनुसार ताम्बाले डम्फु, टुङ्ना बजाउँदै गीतले स्वागत गरी बृहत पवित्र पूजाको सुरुवात गरिनेछ ।

उक्त पूजामा १०८ जना धर्म गुरु लामाहरुको उपस्थित रहनेछ भने ङिमा साङ्पो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहनेछ । देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म कङ्ग्युर पाठ पूजा चल्ने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds