पोखरा महानगरपालिका वडा नं. ११ रामघाट स्थित गीता मन्दिरमा भाइटीकाको दिन सामूहिक टीका ग्रहण कार्यक्रममा धार्मिक सहिष्णुताको उदाहरण देखियो । जहाँ १५० बढीले टीका ग्रहण गरे । हिन्दुसहित बौद्ध र मुस्लिम दाजुभाइले सप्तरंगी टीका लगाए ।
पोखरा महानगर प्रमुख धनराज आचार्यको समुपस्थितिमा मौलिक रुपमा सम्पन्न कार्यक्रममा हिन्दु, बौद्ध, मुस्लिम लगायतका समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भाष्कर पण्डित कमलनयन गौतमले तिहारका बारेमा जानकारी र बटुकहरुबाट स्वस्तीपाठ गरी कार्यक्रम सुरु भएको थियो । जहाँ देउसीभैलो कार्यक्रमसमेत आयोजना गरियो । नागरिक समाजका संस्थापक रामबहादुर पौडेल, महानगर प्रमुखका स्वकीय सचिव पूर्ण लामा, पत्रकार फडिन्द्र अकिञ्चनले पनि कार्यक्रममै टीका थापे ।

महानगर प्रमुख आचार्यले दिदीबहिनी नभएका तथा मनाउन जान नपाउनेका लागि पोखरा महानगरले नै यहाँ भाइटीका लगाउने व्यवस्था गरेको जनाए ।
महानगरका अधिकृत लोकदर्शन कोइरालाका अनुसार विभिन्न परपस्थितिले घर परिवारवाट टाढा हुनु परेका, आफ्नै दिदीबहिनी नभएका साथै चाडपर्व मनाउन ईच्छुक तर विविध कारणले मनाउन नपाएकाका लागि पोखरा ११ रामघाटस्थित गिता मन्दिर भाइटीकाका दिन सामूहिक टीका कार्यक्रम आयोजना गरिएको बताए ।

विभिन्न संघ संस्था, नागरिक समाजसंग समन्वय गर्दै पोखरा महानगरपालिकाको व्यवस्थापनमा परम्परागत संस्कृतिको जगेर्ना हुने गरी मौलिक रुपमा आयोजित सामूहिक भाइटीका ग्रहण कार्यक्रम गरेको हो । सहभागिताका लागि नाम टिपाउन पनि महानगरले आग्रह गरेको थियो ।

सम्बन्धित समाचारः
पोखरा महानगरको व्यवस्थापनमा गीता मन्दिरमा ‘सामूहिक भाइटीका कार्यक्रम’
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
धर्म, अध्यात्म र साधना असल संस्कार र संस्कृतिका निर्माताः प्रदेश प्रमुख भट्ट
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै
आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै
आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो