दृष्टिविहीनका समूह देउसी खेल्न निस्कँदा उनीहरु बस्ने आश्रममा आगलागी भएको छ । पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको हो ।
आश्रम सञ्चालक सुशील गोदारका अनुसार उनीहरु देउसीभैलो खेल्न निस्केका बेला बुधबार राति आगलागी भएको हो । आगलागीबाट नगद ८ लाखसहित ३० लाख बराबरको क्षति भएको छ । पाँच कोठे घरसमेत जलेर ध्वस्त भएकाले कूल क्षति ७५ लाख रहेको दाबी गरिउको छ ।
एक लाख नगद आधा जलेको अवस्थामा फेला परेको छ । अपांगता मैत्री समाजले मासिक १५ हजार तिरेर भाडामा लिएका कोठाहरु पूर्ण रुपमा जलेका छन् । दृष्टिविहीनहरुले बजारमा बेच्ने गरेका सामाग्रीहरु, लत्ताकपडा पनि पूर्ण रुपमा जलेका छन् ।

उनीहरुले घरघर डुलेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेच्ने गर्दथे । यसरी जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको गोदारको दाबी छ ।
उनका अनुसार आश्रममा ३० जना बस्छन् । तर, चाडबाडका कारण घर गएकाले १० जना मात्रै थिए । उनीहरू देउसी खेल्न लेकसाइड निस्केका बेला बेलुकी ९ बजेतिरबाट आगलागी सुरू भएको अनुमान गरिएको छ ।
सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको गुनासो गरेका छन् । देशका विभिन्न स्थानबाट पोखरा आइ त्यहाँ आश्रय लिएका र उद्यमका काम गर्ने उनीहरु आश्रम नै जलेपछि विजोक अवस्थामा छन् ।

सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध