कपडा गोदाममा आगलागी हुँदा १७ लाख बराबरको धनमाल जलेर नष्ट

कपडा गोदाममा आगलागी हुँदा १७ लाख बराबरको धनमाल जलेर नष्ट

aagalagi

सिरहा। विद्युतको तार सर्ट भइ आगालागी हुँदा कपडा गोदाममा रहेका कपडा जलेर नष्ट भएका छन्।

बुधबार राति गोलबजार नगरपालिका -६ राधाकृष्ण मन्दिर स्थित ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा आगलागी हुँदा गोदामभित्र रहेका करिब १७ लाख रुपैयाँ बराबरको लत्ताकपडा जलेर नष्ट भएको हो ।

बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा केही समयको प्रयासमा आगो नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनाको क्षति सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ